ad ad

कारोबार


अघिल्लो वर्षको तुलनामा साउनमा बढ्यो घरजग्गा कारोबार

अघिल्लो वर्षको तुलनामा साउनमा बढ्यो घरजग्गा कारोबार

नेपालखबर
भदौ २, २०८१ आइतबार १६:२७, काठमाडौँ

गत वर्षको तुलनामा साउन महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ।

साउन महिनामा ४३ हजार ८३५ लिखित पारित भएका छन्। अघिल्लो वर्ष साउनमा ३९ हजार २६३ लिखित पारित भएका थिए।  

चालू आर्थिक वर्षको पहिलो महिना देशभरका मालपोत कार्यालयले १ लाख २७ हजार घरजग्गासम्बन्धी सेवा प्रदान गरेका छन्। असार महिनाको तुलनामा साउनमा घटेपनि अघिल्लो वर्षको तुलनामा बढेको छ। 

घरजग्गाको उच्च कारोबार हुनेमा झापा, मोरङ, सप्तरीमा धेरै कारोबार भएको छ। साउनमा ३ अर्ब ८३ करोड रुपैयाँ रहेको राजस्व संकलन भएको छ। जसमा २ अर्ब ५५ करोड रुपैयाँ रजिष्ट्रेसनबाट उठाएको छ। 

सेवा करबापत २६ करोड र  पूँजीगत लाभकर १ अर्ब ३४ करोड रुपैयाँ उठेको भूम‍ि व्यवस्था तथा अभिलेख विभागले उल्लेख गरेको छ।

अघिल्लो वर्ष साउनमा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .