ad ad

कारोबार


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव

नेपालखबर
भदौ ९, २०८१ आइतबार १२:५२, काठमाडौँ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

यही ७ गतेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हालकायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश बाँड्न नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने निर्णय गरेको हो। 

प्राधिकरणले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ। 

प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन कम्पनीको हालकायम चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर जारी गर्न कम्पनीको गत वर्ष पुस २९ गतेको छैठौँ वार्षिक साधारणसभाबाट अनुमोदन  गराई नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले स्वीकृति दिएको छैन।

सोसँगै आव २०७९/८०को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्न सकिने भएकाले बोनस सेयर बाँडेपछि कायम हुने ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत मात्र हकप्रद सेयर जारी न्यूनतम चुक्ता पुँजी कायम गर्न सकिने भएकोले र पूर्वघोषित १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पुनरवलोकन गरी ४ अर्ब ७२ करोड ५६ लाखको ७ प्रतिशत हकप्रद सेयरको लागि सैद्धान्तिक स्वीकृतिको लागि प्राधिकरणसँग स्वीकृति माग्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्राधिकरणले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराइने कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .