ad ad

कारोबार


२५७६ अंकबाट नेप्से फर्कियो, आइतबार ११ अंकले बढ्दा १८८ कम्पनीको मूल्य वृद्धि

२५७६ अंकबाट नेप्से फर्कियो, आइतबार ११ अंकले बढ्दा १८८ कम्पनीको मूल्य वृद्धि

नेपालखबर
असोज ६, २०८१ आइतबार १५:१९, काठमाडौँ

निरन्तर घटिरहेको बजारले आइतबार उकालो यात्रा गरेको छ। गत हप्ताको अन्तिम काराबोर दिनमा २५७६ अंकमा ओर्लिएको आइतबार भने दिनभर बढेको हो।

आइतबार प्रि ओपन सेसनमै २५ अंकले बढेको नेप्से त्यसपछिको केही समय आक्रामक रुपमा उकालो लागेको थियो।

कारोबार सुरु भएको पहिलो ५ मिनेटमै नेप्से ४२ अंकले बढेर अधिकतम विन्दु २६४३ अंकमा पुगेको थियो। तर त्यसपछि भने सामान्य उतारचढावका बीच नेप्से दोहोरो अंकको वृद्धिसहित बन्द हुन पुग्यो।

समग्रमा यो दिन नेप्से सूचक ११.५८ अंकले बढेर २५८८.३५ अंकमा बन्द भएको हो।

हरियो बनेको बजारमा १८८ कम्पनीको सेयरमूल्य बढ्दा पनि लगानीकर्ताको सक्रियता देखिएन। 

बिहीबार राताम्मे बनेको बजारमा पनि ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार गरेका लगानीकर्ताले आइतबार दोहोरो अंकको वृद्धिसहित हरियाली छाएको बजारमा ५ अर्ब ९ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। 

यो दिन इस्टर्न हाइड्रो, आत्मनिर्भर लघुवित्त, अप्पर स्यांगे हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस्तै आजको कारोबारबाट रावा इनर्जी र स्वरोजगार लघुवित्तको मूल्य धेरैले घटेको छ। यी दुवै कम्पनीको क्रमश ८.६५ प्रतिशत र ७.४२ प्रतिशतले घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .