सुपर मादी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
यही ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोडको ५ प्रतिशत अर्थात् साढे १० करोड ५० लाख रुपैयाँबराबरको १० लाख ५० हजार कित्ता बोनस सेयर र त्यसबापतको लाभांश कर प्रयोजनका लागि हुने ५५ लाख २६ हजार ३ सय १६ रुपैयाँ नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
कल ११ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँबराबरको लाभांश वितरण गर्न लागिएको हो। आगामी १५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
27
Shares
प्रतिक्रिया