ad ad

कारोबार


नेपाल हस्पिटालिटी कन्क्लेभ भोलिदेखि काठमाडौंमा हुने

नेपाल हस्पिटालिटी कन्क्लेभ भोलिदेखि काठमाडौंमा हुने

नेपालखबर
असोज ९, २०८१ बुधबार १६:२१, काठमाडौँ

नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करणको तयारी पूरा भई भोलिदेखि काठमाडौंमा प्रारम्भ हुने होटल संघ नेपालले जनाएको छ।

नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रबद्र्धनको उदेश्यले आयोजना गर्न लागिएको यो राष्ट्रियस्तरको सम्मेलन यही असोज ११ गतेसम्म काठमाडौं बूढानीलकण्डस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुनलागेको हो।

उक्त सम्मेलनले होटल संचालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय  होटलहरुको नेतृत्ववर्ग, सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनी ल्याउने पनि संघले जनाएको छ।

दुई दिनसम्म चल्ने यस कार्यक्रमको क्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलहरुको बर्तमान अवस्था, समस्या एवं चुनौतीहरु, नयाँ चालचलन एवं अभ्यासहरु, नवप्रबर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरुमा घनिभूत छलफल हुनेछ।

होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रुपमा आयोजना हुन गइरहेको नेपाल हस्पिटालिटी कन्क्लेभले आतिथ्यता क्षेत्रसँग सम्बन्धीत ज्ञान, सीप, रणनीति तथा विचारहरुको आदानप्रदानको लागि साझा मञ्च प्रदान गर्ने हुनाले पनि होटल तथा आतिथ्यता ब्यवसाय एवं समग्र उद्योगको बारेमा बुझाइ र भोगाइसँगै आगामी दिनमा अगाडि बढ्न यो कार्यक्रम अति नै उपलब्धीमूलक हुने पनि संघले जनाएको छ।

यस दुई दिने कार्यक्रमबाट उठेका विषयवस्तु स्वेतपत्र बनाई सरकारी तथा सम्बन्धित निकायमा बुझाइने पनि होटल संघ नेपालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .