ad ad

कारोबार


२४५० को साथ पाएर उक्लियो नेप्से, कारोबारले भने देखाएन उत्साह

२४५० को साथ पाएर उक्लियो नेप्से, कारोबारले भने देखाएन उत्साह

नेपालखबर
असोज ९, २०८१ बुधबार १५:३४, काठमाडौँ

लगातार ६ कारोबार दिनमा घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार भने दोहोरो अंकले बढेको छ। मंगलबार ५८.९३ अंकले घटेर २४५० अंकमा ओर्लिएको नेप्सेले त्यसपछि भने तल जान पाएन। २४५० मा सपोर्ट पाएर बजार बुधबार उकालो लागेको हो।

२४५० मा सपोर्ट पाएर फर्किएको बजार बुधबार ४९.१८ अंकको बृद्धि सहित २५१९.५७ अंकमा पुगेर बन्द भएको छ। सूचकमा उल्लेख्य बृद्धि देखिएपनि हरियो बनेका बजारमा लगानीकर्ता कारोबार गर्न उत्साहित देखिएनन्।

मंगलबार ५८ अंकले नेप्से घट्दा पनि ५ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच गरेका लगानीकर्ताले बुधबार ४९ अंकले बढ्दा ५ अर्ब भन्दा कमको कारोबार गरेका छन्। आज लगानीकर्ताले ३२७ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर ४ अर्ब ८१ करोड रुपैयाँमा किनबेच गरेका हुन्।

मंगलबार घटेको बजारमै साढे ५ अर्ब कारोबार गरेका लगानीकर्ताले बुधबार बढ्दो बजारमा पनि कारोबारलाई घटाएका छन्।

कारोबार रकम घटेपनि सूचकमा बृद्धि देखिएपछि त्यसको फाइदा २२३ कम्पनीले उठाउन पाए। ६ कारोबार दिनमा मुल्य गुमाएका कम्पनीहरुले भने आज मुल्य बढाउन पाएका थिए। आज कारोबारमा आएका मध्ये २२३ कम्पनीको सेयरमूल्य बढ्दा १८ वटा कम्पनीको मात्रै मूल्य घटेको हो।

जसमा वीन लघुवित्त, युनिक नेपाल लघुवित्त,न्यादी हाइड्रो,सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोको मुल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ। समग्रमा आजको कारोबारबाट कमाउने २२३ कम्पनी मध्ये फाइनान्स, होटल र जलविद्युत कम्पनीहरु धेरै रहेका छन्।

यता घट्नेमा भने आइतबार देखि मंगलबारसम्म बढेका कम्पनीहरु अगाडि देखिएका छन्। जसमा हिमालयन हाइड्रो र स्वरोजगार लघुवित्त ६ प्रतिशत भन्दा धेरैले घटेर सबैभन्दा अग्रस्थानमा छन्।

यो बाहेक आज अधिकांश म्युचुअल फण्डहरु मुल्य घटेर राताम्मे बन्न पुगेका छन्।

कारोबारको आधारमा भने आज लगानीकर्ताले ङादी ग्रुप पावरको धेरै कारोबार गरे। लगानीकर्ताले यो कम्पनीको सेयर आज १५ करोड रुपैयाँमा कारोबार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .