ad ad

कारोबार


बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुँदै, सुनकोसी–३ निर्माण गर्ने सहमति

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुँदै, सुनकोसी–३ निर्माण गर्ने सहमति

नेपालखबर
असोज १६, २०८१ बुधबार २०:५८, काठमाडौँ

नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुने भएको छ।

विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता चिरञ्जिवी चटौतले जानकारी दिए।

यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले सम्झौता धकेलिएको थियो।

बिहीबार हुने त्रिपक्षीय सम्झौताको अन्तिम तयारीका लागि बुधबार भएको छलफलमा आयोजना निर्माण र सोलार प्लान्ट निर्माणमा बंगलादेश सहमत भएको हो। 

त्यस्तै बुधबार ऊर्जासचिवस्तरीय बैठकमा  बंगालादेशले ४० मेगावाट बिजुली लैजाने र सुनकोसी–३ परियोजनामा लगानी गर्न तयार भएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। 

‘सुनकोसी–३ जलविद्युत आयोजना नेपाल, बंगलादेश र भारत बीच सहकार्यपूर्ण सहभागीता आधारमा विकास गर्ने र उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौतामा अर्को बैठक अगाडि टुङ्गो लगाउने,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुऱ्याउने सुनिश्चितताको लागि भारत सरकारलाई अनुरोध गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .