ad ad

कारोबार


दूरसञ्चार कम्पनीका ७५ ठाउँका टावरमा समस्या, सञ्चार सम्पर्क टुट्यो

दूरसञ्चार कम्पनीका ७५ ठाउँका टावरमा समस्या, सञ्चार सम्पर्क टुट्यो

नेपालखबर
असोज १६, २०८१ बुधबार १७:५८, काठमाडौँ

बाढी पहिरोले दूरसञ्चार कम्पनीका तार बगाउँदा र विद्युत् अवरुद्ध हुँदा सञ्चार सम्बन्ध नै विच्छेद भएको छ। मंगलबार ७५ ठाउँका टावरमा समस्या आएको हो। 

बिहीबारबाट आइतबारसम्म लगातार आएको वर्षाले ३५० वटा टावरमा सञ्चार सम्बन्ध अवरुद्ध भएको थियो। सोमबारसम्म अधिकांश ठाउँमा विद्युत् आपूर्ति पुगेको र नपुगेको ठाउँमा जेनेरेटरबाट सञ्चालन आउँदा हाल ७५ ठाउँमा मात्र समस्या देखिएको छ। 

‘मुख्य २ कारणले नियमित सञ्चार हुन नसकेको अवस्था छ। विद्युत् प्राधिकरणको लाइनमा क्षति भएको र कतिपय ठाउँमा पहिरो र बाढीले तारमा क्षति पुग्दा समस्या छ’, एनसेलका एक अधिकारीले भने, ‘शनिबार ३५० टावर डाउन भएकोमा मंगलबारसम्म ७५ वटा टावर मात्र डाउन थिए।’

विद्युत् प्राधिकरणले लाइन पुर्‍याएका ठाउँमा सहज भएको एनसेलले जनाएको छ। ललितपूरकै कतिपय ठाउँमा एनसेल र नेपाल टेलिकमको नेटवर्कले काम गर्न सकेको छैन। तर अधिकांश ठाउँमा सञ्चार सम्बन्ध स्थापित गराइएको नेपाल टेलिकमले जनाएको छ। 

‘शनिबार धेरै ठाउँमा समस्या भयो। कतिपय ठाउँमा अहिलेसम्म लाइन नै आएको छैन’, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रवक्ता हरि ढकालले भने, ‘अवरुद्ध भएका धेरै ठाउँमा जेनेरेटर बोकेर भए पनि सञ्चार नेटवर्क सञ्चालनमा ल्याएका छौँ।’

उनले सञ्चार सम्बन्ध नै पूर्णरुपमा ठप्प नरहेको बताए। 

‘कुनै एक ठाउँको टावरमा समस्या आए पनि अर्को ठाउँको टावरले काम गर्छ। गुणस्तर केही खस्के पनि पूरै टुटेको अवस्था अब छैन’, ढकालले भने, ‘वैकल्पिक व्यवस्था गरेर चलाएकाले अब धेरै समस्या छैन।’

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने सञ्चार सम्बन्ध विच्छेद भएको एकीन तथ्यांक नभएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .