सेयरबजारमा आज पनि दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से सूचक २१.२६ अंकले र सेन्सिटिभ सूचक ३.५९ अंकले बढेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार कित्ता सेयर बिक्री भएका छन्। २७ हजार ५ सय ६६ पटकको खरिदबिक्रीपछि आज २ अर्ब १३ करोडको कारोबार भएको छ।
कुल १२ समूहमध्ये आज होटलबाहेक सबैको कारोबार सूचक बढेको छ। आज सबैभन्दा बढी जीवन बीमा र निर्जीवन बीमाको कारोबार सूचक बढेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोडको सर्वाधिक कारोबार भएको छ। नेको इन्स्योरेन्स कम्पनीको १२ करोड ९९ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १८ लाखको, ग्लोबल आईएमई बैंकको ११ करोड ८० लाखको, नेपाल बैंक लिमिटेडको ८ करोड २७ लाखको, शिवम् सिमेन्टको ७ करोड ३८ लाखको कारोबार भएको छ।
आजको कारोबारमा बढी कमाउने कम्पनीले ६.९० प्रतिशतसम्म आम्दानी र गुमाउने कम्पनीले बढीमा २.२५ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।
प्रतिक्रिया