ad ad

कारोबार


नेपाल बैंकको सञ्चालक समितिमा सरकारी सदस्य तीन जनामात्रै रहने प्रस्ताव पारित

नेपाल बैंकको सञ्चालक समितिमा सरकारी सदस्य तीन जनामात्रै रहने प्रस्ताव पारित

नेपालखबर
असोज २०, २०७७ मंगलबार ९:२४,

नेपाल बैंक लिमिटेडको विशेष साधारण सभाले सरकारी सञ्चालक तीन जना मात्रै रहने प्रस्ताव पारित गरेको छ।

मंगलबार केन्द्रीय कार्यालयमा भिडियो कन्फ्रेनन्ससहित बसेको साधारण सभाले सञ्चालक समितिमा नेपाल सरकारबाट मनोनित हुने चार जनाबाट घटाई तीन जना सञ्चालक रहने व्यवस्था गरेको हो।
बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने दुई जना सञ्चालकबाट बढाएर तीन जना बनाउने निर्णय पनि गरेको छ।

हाल बैंकको सञ्चालक समितिमा अध्यक्षसहित ७ जना सदस्य छन्। त्यसमा एकजना स्वतन्त्र व्यक्ति छन् भने ४ जना सरकारी प्रतिनिधि र २ जना निजी क्षेत्रका आएका छन्। अब भने सरकारी र निजीका तीन-तीन जना सहभागी हुने छन्।

त्यसका लागि नियमावलीको सम्बन्धित दफामा संशोधन साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन/थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको छ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।

नेपाल बैंक लिमिटेड नेपालको सबैभन्दा पुरानो बैंक हो। विसं १९९४ राजा त्रिभुवन शाहले उद्घाटन गरेको यो बैंकमा अहिले सरकार र निजी क्षेत्रको हिस्सा लगभग बराबर भएको छ। हाल बैंकमा सरकारको ५१ प्रतिशत सेयर लगानी छ भने निजी लगानी ४९ प्रतिशत छ।

याे पनि: निजी सेयर बढेपछि नेपाल बैंकको सञ्चालक समितिबाट सरकारी प्रतिनिधि घटाइँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .