ad ad

कारोबार


साढे २१ लाख घर भाडा छुट गर्ने यादव सम्मानित

साढे २१ लाख घर भाडा छुट गर्ने यादव सम्मानित

प्रकाश न्यौपाने
पुस १३, २०७७ सोमबार ११:३७,

कोभिड–१९ को विषम परिस्थितिमा पर्यटन व्यवसायीलाई माथि उठाउन टेवा पुर्‍याउने हेतुले लुम्बिनीका एक व्यक्तिले आफ्नो घर तथा जमिनमा भाडामा बसेर व्यवसाय गर्ने १७ ओटा व्यवसायीलाई ९ महिनाको घरभाडा छुट गरेका छन्।

६८ वर्षीय सोमनाथ यादवले आफूले मासिक उठाउँदै गरेको सम्पूर्ण भाडा नौ महिनाको पूर्ण रुपमा मिनाहा गरेका हुन्। उनले १७ ओटा व्यवसायीहरुबाट मासिक २ लाख ४० हजार भाडा लिने गरेका थिए।

उनले ९ महिनाको २१ लाख ६० हजार भाडा छुट गरेका छन्। कोभिडको कारण व्यवसायी धरापमा परेकाले राहत स्वरुप उनले बुद्धग्राम रोबटिक थिएटर (नाटक घर), सात ओटा रेष्टुरेन्ट, सात ओटा साना व्यवसायी, दुई ओटा बसका टिकट काउन्टरलाई पूर्ण रुपमा भाडा छुट गरेका हुन्। व्यवसायीलाई प्रोत्साहन गर्नका लागि यादवले उक्त भाडा छुट गरेको बताएका छन्।

लुम्बिनी होटल व्यवसायी संघका सचिव लीलामणि शर्माले लुम्बिनी पर्यटकीय क्षेत्र भएकाले कोभिड १९ का कारण पर्यटक आगमन बन्द भएपछि व्यवसायी धरासायी हुने अवस्थामा यादवले १७ व्यवसायीका बुद्ध बनेर दान दिएको भन्दै प्रशंसा गरे। उनले लुम्बिनीमा ३२ ओटा होटल भाडामा रहेको बताउँदै अन्य घरधनीलाई पनि भाड छुट गर्न आग्रह गरे।

अहिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले लुम्बिनी विकास कोषले स्थानीय संस्कृति संरक्षण गर्न र स्थानीयको परम्परागत व्यवसायलाई निरन्तरता दिन दिगो योजनाका साथ अगाडि बढ्नु पर्ने बताए। उनले व्यसाय उकास्न यादव जस्ता समाजसेवीको ठूलो योगदान हुने जनाए।

somnath.jpg

लुम्बिनी नागरिक समाजका सहसंयोजक हेमबहादुर विष्टले नेपालको पर्यटन अवस्थालाई माथि उठाउन लुम्बिनी प्रमुख केन्द्र रहेको बताउँदै लुम्बिनीमा आएका पर्यटकलाई एक रात राख्ने वातावरण सिर्जना गर्न पर्यटन व्यवसायी लाग्नु पर्ने बताए।

घर भाडा छुट गर्ने यादवले लामो समय व्यवसाय बन्द भएकाले थोरै भएपनि राहात होस् भनेर आफूले घर भाडा छुट गरेको बताए।

उनले लुम्बिनीको विकासमा पर्यटन व्यवसायीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै संकटमा सबैले उनीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए। भाडा छुट गर्ने यादवलाई सोमबार लुम्बिनीमा लुम्बिनी होटल संघ र रेष्टुरेन्ट, मझौला तथा साना पर्यटन व्यवसायी संघले एक कार्यक्रम आयोजना गरी सम्मानसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .