कारोबार


एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म ऋण दिने

एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले ७० प्रतिशतसम्म ऋण दिने

नेपालखबर
बैशाख १३, २०८० बुधबार १८:५१, काठमाडौँ

नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच कम्पनीका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ । 

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा ब्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ । 

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। 

साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन्। 

यो सम्झौतापश्चात् दुई संस्थाबीचको व्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने बिचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरव कुमारले व्यक्त गरेका थिए। 

लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्सियलका नेटवर्क हेड ईश्वर दहालले जानकारी दिएका छन्। 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकलस् प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ। 

यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री बितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिदै आएको छ। 

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका  स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ। मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .