कारोबार


सार्वजनिक भए सीएफमोटो र जिहोका बाइक तथा स्कुटर, कति छ मूल्य?

सार्वजनिक भए सीएफमोटो र जिहोका बाइक तथा स्कुटर, कति छ मूल्य?

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १२:१५, काठमाडौँ

सीएफमोटो र जिहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले जिहो ब्रान्डका बाइक तथा विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। 

यसअन्तर्गत सीएफमोटोका एनके२५० फन, एसआर२५० फन र एनके ४५० मोडलहरु छन् भने जिहोको एई६ प्लस र एई६प्लस लंग रेन्ज मोडलका इलेक्ट्रिक स्कुटर र सिटी स्पोर्ट्स नामक इलेक्ट्रिक बाइक छन्।

उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ सीएफमोटो र जिहो को शोरुममा भएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुरका अध्यक्ष गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक ऋषि अग्रवाल, सीएफमोटोका ग्लोबल सेल्स म्यानेजर ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीलगायत उपस्थित थिए।

सन १९८९ मा स्थापित सीएफमोटो ब्रान्ड हाल १०० भन्दा बढी देश र ३००० भन्दा बढी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। 

कति छ मूल्य? 
नयाँ सीएफमोटो बाइकहरूमा २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ, २५० एसआर फनको ६ लाख ७४ हजार ९०० र ४५० एनकेको मूल्य ११ लाख १९ हजार ९ सय रुपैयाँ छ।

त्यस्तै जिहोको एई६ प्लसको मूल्य ३ लाख ४४ हजार ९०० सय रुपैयाँ, एई६प्लस लंग रेन्जको ३ लाख ९४ हजार ९०० रुपैयाँ, सिटी पोर्ट्स इलेक्ट्रिक बाइकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ छ र प्रि-बुकिङ पनि खुल्ला गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .