विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर (योजना) ल्याएको छ।
योजना न्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ-फाइभ विद्युतीय गाडी खरिद गर्दा १.५ लाख रुपैयाँको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन्।
थप रूपमा ब्रान्डले प्रत्येक खरिदमा ग्राहकहरूलाई ७ किलोवाटको चार्जर पनि प्रदान गरिरहेको छ।
यो योजनाअवधिभर ओमोडा इ-फाइभको सीमित स्टकसँग आफ्नो गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूले विभिन्न आकर्षक लाभहरू प्राप्त गर्नेछन्।
ब्रान्डले चालू आर्थिक वर्षको लागि सडक कर (रोड ट्याक्स)मा पूर्ण छुट दिनेछ। साथै, प्रत्येक एक्स्चेन्जमा ७ किलोवाटको चार्जर नि:शुल्क मिल्नेछ। सीमित स्टकका ओमोडा इ-फाइभ गाडीहरू जम्मा ६१ लाख ९९ हजार रुपैयाँको उत्कृष्ट प्रि-बजेट मूल्यमा उपलब्ध छन्।
यसबाहेक, ग्राहकहरू थप नगद छुट (क्यास डिस्काउन्ट)बाट लाभान्वित हुनेछन् भने प्रत्येक खरिदमा नि:शुल्क टि-बक्स पनि समावेश हुन्छ, जसले गाडीको कनेक्टिभिटि र कार्यक्षमतालाई बढाउने कम्पनीले जनाएको छ।
एसपीजी अटोमोबाइल्स प्रा. लिमिटेडका प्रबन्धनिर्देशक गौरव शारडाले गत फेब्रुअरीमा सार्वजनिक गरेदेखि नै ओमोडा इ-फाइभप्रति नेपाली बजारले देखाएको सकारात्मक प्रतिक्रियाबाट निकै प्रेरित रहेको बताए।
यसैअन्तर्गत ओमोडा गाडी खरिद गरी विद्युतीय सवारी साधनहरूतर्फ ‘अपग्रेड’ हुन चाहने नेपालीहरूका लागि यो अफर प्रस्तुत गर्न पाउँदा कम्पनी उत्साहित रहेको उनको भनाइ छ।
सबै नेपालीलाई दिगो सवारी साधनतर्फ उन्मुख गराउन र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र आकर्षक सुविधाहरू प्रदान गरी सहयोग पुर्याइरहेको उनले बताए।
Shares
प्रतिक्रिया