सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्स नेपालमा भित्र्याएको छ।
विश्वभर उच्च गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले नयाँ ‘एयोन वाई’ नेपालको बाजार उपलब्ध गराएको छ।
३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्योगको अग्रगामी मानिने सीजीले जनाएको छ।
अनुसन्धान, विकास, प्रविधि र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण-पूर्व एसिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू कब्जा गरेको सीजीको दाबी छ।
सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित एयोन वाईले नेपाली ग्राहकहरुलाई आरामदायी र दिगो ड्राइभिङ्ग अनुभव दिने सीजीको दाबी छ।
159
Shares
प्रतिक्रिया