ad ad

कारोबार


नयाँ हुन्डाई क्रेटा बजारमा, प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ

नयाँ हुन्डाई क्रेटा बजारमा, प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ

नेपालखबर
साउन २१, २०८१ सोमबार १४:५१, काठमाडौँ

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।

मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेको कम्पनीले जनाएको छ। 

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्।

त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ। गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ।

यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन्। ८-स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन्। यसले गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ। 

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बीभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ्ग सिस्टम (हाइलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।

एडास फिचरअन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाष्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन्।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ। गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन्।

पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ। त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।

नयाँ हुन्डाई क्रेटा ई, ईपीएल, एस(ओ), एसएक्स, एस(ओ) सीभीटी, एसएक्स टेक, एसएक्स टेक सीभीटी र एसएक्स (ओ) सीभीटी भेरिएन्टहरु तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ।

नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ राखिएको छ। 

लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .