ad ad

कारोबार


हुन्डाई र कियाको नयाँ सफ्टवेयरले ह्वात्तै घटायो कार चोरी

हुन्डाई र कियाको नयाँ सफ्टवेयरले ह्वात्तै घटायो कार चोरी

नेपालखबर
साउन २३, २०८१ बुधबार १४:३२, काठमाडौँ

नयाँ एन्टि–थेप्ट सफ्टवेयर अपडेट गरेको डेढ वर्षपछि हुन्डाई र कियाको चोरीमा कमी आएको छ। 

एक नयाँ बीमा दाबीको तथ्यांकले चोरीको संख्या उच्च भए पनि निकै कमी आएको देखिएको हो। 

पछिल्ला तीन वर्षमा हुन्डाई र कियाका मोडलहरुको चोरी दश गुणाले बढेसँगै दुवै कम्पनीले गत वर्षको फेब्रुअरीमा नयाँ सफ्टवेयर अपडेट गरेका थिए। 

यसअनुसार पुरानो सफ्टवेयर भएका सोही मोडलको तुलनामा नयाँ सफ्टवेयर अपडेट भएका सोही मोडलका सवारीसाधन चोरीमा ६४ प्रतिशतले कमी आएको बीमा दाबीको घट्दो संख्याले देखाएको हाइवे लस डेटा इस्टिच्युटले जनाएको छ। 

‘कम्पनीहरुको समाधान निकै प्रभावकारी देखिएको छ’, एचएलडीआईका वरिष्ठ उपाध्यक्ष म्याट मुरेले भने। 

२०२३ भन्दा अघि बनेका हुन्डाई र कियाका निश्चित केही पुराना मोडलहरु चोर्न सजिलो हुने गरेको बताइन्छ। कम महंगा भर्सनका यी साधनमा स्टार्ट गर्न बटन–प्रेसको साटो टर्न–कि इग्निसन हुन्छन्। सोही आयुका अन्य उस्तै सवारीसाधनभन्दा यी अलि बढी चोरिएको पाइएको छ। 

धेरैजस्ता यस्ता सवारीसाधनमा सामान्य अटो थेप्ट प्रिभेन्सन टेक अर्थात् सामान्य चोरी रोक्ने प्रविधि (इलेक्ट्रोनिक इम्मोबिलाइजर) समेत हुँदैनन्। त्यसले गर्दा धेरै चोरी हुने गरेका थिए। इम्मोबिलाइजर कारमा रहेको एक कम्प्युटर चिपमा र अर्को कारको साँचोमा आधारित हुन्छ। यसले साँचो सोही गाडीकै आधिकारिक रहेको सञ्चार गर्ने काम गर्छ। 

२०२० को सुरुतिर र २०२३ को पहिलो आधाआधीको बीचमा हुन्डाई र कियाका मोडलहरुको चोरी १ हजार प्रतिशतभन्दा धेरैले बढेको थियो।

त्योसँगै दुई कम्पनीले २० करोड डलरको सेटलमेन्ट गर्नुपरेपछि निःशुल्क एन्टि थेप्ट सफ्टवेयर अपग्रेड सुरु गरेका थिए। हालसम्म २० लाखभन्दा धेरै हुन्डाई र कियाका कारहरुले यो सफ्टवेयर अपग्रेड गरिसकेका छन्। 

एचएलडीआईले सन् २०२३ को बीमा दाबीका तथ्यांक अध्ययन गरेको थियो। सो वर्षको अन्त्यसम्म योग्य भएका ३० प्रतिशत गाडीले मात्र सेक्युरिटी सफ्टवेयर इन्स्टल गरेको पाइएको थियो।  

हाल सफ्टवेयर अपग्रेड गरिएका ६१ प्रतिशतजति हुन्डाईका गाडी योग्य देखिएका छन्। त्यसो त अहिले पनि सजिलै चोरिनसक्ने हुन्डाई र किया मोडलहरु सबैमा सफ्टवेयर अपग्रेडको लागि उपयुक्त हार्डवेयर छैन। त्यसका लागि कम्पनीहरुले स्टियरिङ ह्विल लक उपलब्ध गराइरहेका छन्। 

अहिले पनि नयाँ सफ्टवेयर अपडेटका बाबजुद हुन्डाई र कियाका पुराना मोडलहरु अन्यको तुलनामा चोरिन सक्नेमा बढी सम्भावना रहेकामा पर्ने गरेका छन्। नयाँ सफ्टवेयर राम्रोसँग प्रयोग नगरेकाले पनि यस्तो भएको हुनसक्ने मुरे बताउँछन्। सीएनएनबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .