ad ad

कारोबार


नेप्सेमा २६ अंकको ‘करेक्सन’ : यी कम्पनीमा देखियो लगानीकर्ताको भीड

नेप्सेमा २६ अंकको ‘करेक्सन’ : यी कम्पनीमा देखियो लगानीकर्ताको भीड

नेपालखबर
असोज १६, २०८१ बुधबार १५:४१, काठमाडौँ

मंगलबार ११४ अंकले बढेको नेप्से बुधबार २६ अंकले घट्न पुगेको छ। 

लामो समयदेखि नेप्सेको वृद्धिलाई पर्खिरहेका लगानीकर्ताले मंगलबार बढेको बजारको मौका छोपेर बुधबार सेयर बिक्रीलाई बढाउँदा त्यसको असर समग्र बजारमा देखिएको छ। बुधबार २६.०७ अंकले घटेर नेप्से २५९७.४९ अंकमा ओर्लिएको हो। 

निरन्तर बजार बढिरहेको वा अघिल्लो दिन बजारले ठूलो अंकको वृद्धि लिएको खण्डमा त्यसको भोलिपल्ट नाफा बुक गर्ने लगानीकर्ता बढ्ने गर्दछन्। लगानीकर्ताको प्रवृत्तिअनुसार बढेको बजारको भोलिपल्ट नाफा बुक गरेर बाहिरिने हुँदा सो दिनको बजार घटाईलाई करेक्सन मान्न सकिन्छ। 

बुधबारको बजारको अवस्था पनि त्यस्तै देखियो। सोमबार ३ अर्बमा सिमित भएको कारोबार रकम मंगलबार ११४ अंकको नेप्सेको वृद्धिसँगै कारोबार पनि ७ अर्ब ६१ करोड रुपैयाँमा पुग्यो। 

बजार बढ्ने देखेर सोही दिन नयाँ लगानीकर्ता पनि भित्रिँदा त्यसले कारोबारलाई बढाएको थियो। तर बुधबारको बजारमा भने नेप्सेको घटाइसँगै कारोबार रकम पनि केही खुम्चिन पुग्यो। यो दिन ६ अर्ब ७७ करोड रुपैयाँको मात्रै सेयर कारोबार गरेका हुन्।

कारोबार सुरु भएको १० मिनेटसम्म बजार उकालो गतिमा रहेपनि त्यसपछि भने बजार सम्हालिन सकेको देखिँदैन। बढेको १८ मिनेटमा नेप्से झण्डै ४० अंकको करेक्सन लिएपनि लगानीकर्ता नाफा बुकतर्फ लाग्दा बजार क्रमश तल झरेर राताम्मे बन्न पुगेको देखिन्छ।

कारोबार र सूचक दुवै खुम्चिएको बजारमा १८७ कम्पनीले भएको मुल्य पनि गुमाउन पुगेका छन् भने ५४ वटा कम्पनीले घट्दो बजारमै पनि कमाउन सफल भएका छन्।

आज थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोको मूल्य पनि सर्किट लेबलमै बढ्न पुग्यो । समग्रमा आज वित्तिय धेरै कम्पनीहरुको मूल्य बढेको देखिन्छ। 

उपसूचकका आारमा आज वित्त समूह मात्र १.७५ प्रतिशतले बढेर हरियो बन्न पुग्यो भने बाँकी सबै समूहको सूचक घटेर राताम्मे बन्न पुगे। 

घट्नेमा वीन लघुवित्त अगाडि छ । यो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा न्यादी हाइड्रो ९.२० र  मिड सोलु हाइड्रोको ७.३१ प्रतिशतले मूल्य घट्न पुग्यो । 

यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै भीड नेपाल फाइनान्सको सेयरमा देखियो। लगानीकर्ताले आज यो कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच गरेका हुन्। नेप्सेका अनुसार बुधबार नेपाल फाइनान्सको २० करोडको सेयर किनबेच भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .