ad ad

कारोबार


रियलमीको ‘बडा दसैँ, तिहारको बडा अफर’ सुरु

रियलमीको ‘बडा दसैँ, तिहारको बडा अफर’ सुरु

नेपालखबर
असोज १६, २०८१ बुधबार १४:३८, काठमाडौँ

स्मार्टफोन ब्रान्ड रियलमीले ‘बडा दसैँ, तिहारको बडा अफर’ योजना सुरु गरेको छ।

विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले मेगा उपहारस्वरूप एमजी ४ ईभी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरूप टीभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन्। 

त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सी ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन्।

रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्ध रहेको बताए। 

‘चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो’, उनले भने, ‘यसै अवसर पारेर हामीले यस बडा दसैँ, तिहारको बडा अफर योजना ल्याएका छौँ।’ 

यो अफर असोज १५ देखि कात्तिक २२ सम्म लागू हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .