कारोबार


रियलमी १० नेपाल आउँदै

रियलमी १० नेपाल आउँदै

नेपालखबर
फागुन ८, २०७९ सोमबार १९:२१, काठमाडौँ

रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ। 

जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ। 

यति स्लिम भएर पनि यसमा ब्याट्री भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ।

स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्रि भएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।

६.४ इन्चको ठुलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनको लागि हलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्री र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।

त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २ सय प्रतिशत अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन ।

योसँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।
यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .