होण्डाले यस वर्ष पनि टेक्निसियन स्किल कन्टेस्ट आयोजना गरेको छ।
कम्पनीले यही चैत ३ गते प्राविधिक सीप प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा प्रतियोगिता गरिएको थियो। जहाँ विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्रबाट २/२ जना छनोट भई आएका थिए।
प्रतियोगिता अवधिभर सहभागी टक्निसियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै होन्डा स्ट्यान्डर्ड प्रसिजरअन्तर्गत प्रतियोगितामा सहभागी भएका थिए।
त्यसअन्तर्गत काठमाडौंबाट २ जना, विराटनगरबाट २ जना, जनकपुुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना प्रतियोगी छनोट भई आएका थिए ।
स्याकार ट्रेडिङ्गले विगतदेखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ। यसले सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीले जनाएको छ।
प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुले नगद तथा प्रमाणपत्र प्राप्त गरेका थिए। जसअन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र इटनी र तृतीय पुरस्कार नौदेवी मोटर्स विराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए।
पुरस्कृत मेकानिकहरु तेस्रो हुनेले १५ हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र प्रथम हुनेले ३० हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरेका थिए।
अन्य सहभागीहरुलाई पनि प्रमाणपत्र दिइएको थियो।
कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमिरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थिति थियो।
Shares
प्रतिक्रिया