ad ad

कारोबार


फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान, के छन् फाइदा?

फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान, के छन् फाइदा?

नेपालखबर
फागुन १५, २०८० मंगलबार १३:३२, काठमाडौँ

भुक्तानी नेटवर्क फोनपेले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ सुरु गरेको छ।

देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस अभियान सुरु गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ, ‘फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको छ।’ 

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्नेछ।

नबिल बैंकका एक जना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन्। साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले १ हजार रुपैयाँको ग्यारेन्टी टप-अप जित्नेछन्।

फोनपेका प्रमुख रणनीति अधिकृत सुबोध शर्माले भने, ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .