टी-२० आई त्रिकोणत्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ।
नामिबियाका रुवेन ट्रम्पलम्यानले नेपालका दुवै ओपनरलाई पेभेलियनको बाटो देखाए।
ओपनर आशिफ शेख ६ रन बनाउँदा क्याच आउट भए। त्यसअघि ओपनर कुशल भुर्तेल इनिङस्को पहिलो बलमा नै आउट भए।
ट्रम्पलम्यानले ओपनर कुशललाई पहिलो बलमा नै एलबीडब्लु धरापमा पारे।
नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले तीन ओभरको समाप्तीमा २ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ।
क्रिजमा रोहित पौडेल १४ रनमा नटआउट छन्। क्रिजमा कुशल मल्ल आएका छन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार पारेको थियो।
51
Shares
प्रतिक्रिया