ad ad

कारोबार


रोहतो नेपालले मनायो पाँचौँ वार्षिकोत्सव, २ समझदारीमा हस्ताक्षर

रोहतो नेपालले मनायो पाँचौँ वार्षिकोत्सव, २ समझदारीमा हस्ताक्षर

नेपालखबर
असार १३, २०८१ बिहिबार १८:१२, काठमाडौँ

रोहतो मेन्थोलेटम नेपाल प्रालि (रोहतो नेपाल) ले स्थापनाको पाँचौँ वार्षिकोत्सव काठमाडौंमा मनाएको छ।

रोहतो मेन्थोलेटम एक प्रतिष्ठित जापानी औषधि तथा सौन्दर्य सामग्री उत्पादन गर्ने रोहतो फार्मास्युटिकलको सहायक कम्पनी हो। 

पाँचौँ वार्षिकोत्सवले रोहतो नेपालको एक महत्त्वपूर्ण आयाम कायम गरेको र यसले उत्कृष्ट र नवीन स्किनकेयर तथा सौन्दर्य सामाग्रीहरू उत्पादन गरी ग्राहकहरूको विश्वास तथा भरोसा जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारी प्रमुख अतिथि थिए। रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेड, जापानका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत कुनियो यामादा र सो कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख सरोकारवाला र कर्मचारीहरूको पनि उपस्थिति थियो। 

यस अवसरमा रोहतो नेपालले विगत पाँच वर्षदेखि अविचल सहयोग र योगदान दिने सरोकारवालालाई सम्मान प्रदान गरी आभार प्रकट गरेको थियो। यसैगरी, कम्पनीका संस्थापक निर्देशक स्व. प्रदीप मण्डललाई कम्पनीले रोहतो सम्मान प्रदान गरेको थियो। 

यसै अवसरमा कम्पनीले दुईवटा समझदारीपत्रहरूमा हस्ताक्षर गरेको थियो। पहिलो समझदारी आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरी भानुभक्त मेमोरियल विद्यालयसँग र दोस्रो समझदारी पत्र नेपाल जडिबुटी व्यवसायी संघसँग सहकार्य गर्ने सम्बन्धमा भएको थियो। यस सहकार्यको प्रमुख उद्देश्य नेपालमा औषधीजन्य जडीबुटी र प्राकृतिक स्रोतहरूलाई छाला र आँखाको हेरचाह गर्ने उत्पादनको पहिचान र प्रवर्धन रहेको कम्पनीले जनाएको छ।

रोहतो जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कुनियो यामादाले नेपाल र जापानका सरकार, नेपाली उपभोक्ता, सरोकारवाला, कर्मचारी र समाजले दिएको निरन्तर सहयोग र सहकार्यको लागि कृतज्ञता व्यक्त गरेका थिए। उनले रोहतो मेन्थोलेटम समूहको उन्नत ज्ञान र नेपालका उत्कृष्ट स्थानीय स्रोतहरूलाई समावेश गरेर कम्पनीले आगामी धेरै वर्षसम्म नेपालमा आफ्नो व्यवसाय निरन्तर बढाउने योजना सुनाएका थिए। 

रोहतो नेपालका प्रबन्ध निर्देशक शुनसुके शिनोदाले विगत पाँच वर्षमा हासिल गरिएका उपलब्धिहरूमा खुसी व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .