ad ad

कला


समीक्षाको फेरिएको जीवनको लय

समीक्षाको फेरिएको जीवनको लय

नेपालखबर
जेठ २२, २०७९ आइतबार ९:५१, काठमाडौँ

एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्।

​चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो। चलचित्रमा पनि उनको माग उस्तै थियो। गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक समाउँथिन्।

तर अहिले परिस्थिति फेरिएको छ। समीक्षाको गायन यात्रा रोकिएको छ। उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्। हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ। उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन्। केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ।

​समीक्षाले पछिल्लो पटक युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्। उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने तर्क प्रस्तुत गरेकी छिन्। चोट बिनाको जिन्दगी अधुरो रहने भन्दै समीक्षाले सार्वजनिक गरेको स्टाटसले उनी आफैं चोटमा रहेको संकेत गर्छ।

उनी केही समययता गायनमा सक्रिय छैनन्। सामाजिक सञ्जालमा पनि उनी निक्कै अस्थिर देखिन्छिन्। समय समयमा स्टाटस लेख्ने, त्यसलाई एडिट गर्ने फेरी हटाउने र नयाँ पोस्ट गर्ने गरिरहन्छिन्। छोटो समयमा उत्कृष्ट पाँच गायिकाको सूचीमा पर्न सफल समीक्षाको जीवनको लय फेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .