ad ad

कला


मलाई जिउँदैमा श्रद्धाञ्जली खानु थिएन : मनोज गजुरेल

मलाई जिउँदैमा श्रद्धाञ्जली खानु थिएन : मनोज गजुरेल

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ११:१९, काठमाडौँ

कोरोना कालको सुरुतिरै हास्य कलाकार मनोज गजुरेल नराम्रोसँग संक्रमित भए। लामो समय आईसीयूमै उपचार गराएको मनोजको मृत्युको खबर नै सार्वजनिक भयो। धेरैले उनको जीवनरक्षाको कामना गरिरहँदा केहीले उनलाई श्रद्धाञ्जली पनि भन्न भ्याए। अस्पतालबाट बाँचेर घर फर्किएपछि गजुरेललाई आफ्नै श्रद्धाञ्जलीका पोस्टले नराम्रोसँग बिथोल्यो। 

पछिल्लो समय महामारीका रुपमा फैलिएको डेङ्गीले पनि गजुरेललाई नराम्रोसँग थला पार्‍यो। उनले आफू डेङ्गीको सिकार भएको खबर कतैबाट लिक हुन दिएनन्। कारण उनलाई जिउँदैमा पुनः श्रद्धाञ्जली खान मन  लागेन। उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘यसपटक धेरै जनालाई जस्तै मलाई पनि डेङ्गीले नराम्रोसँग सुतायो। मेरा अनुभवमा यो कारोनाभन्दा पनि खतरनाक थियो। तर मैले यो कुरा कतै पनि सार्वजनिक गरिनँ। किनकि कोरोना कालमा जस्तै मैले जिउँदैमा श्रद्धाञ्जली खानु नपरोस् भनेर।’ 

निर्वाचनमा पनि जनताले यस्तै फेक न्युजको सिकार बन्ने खतरा रहेको गजुरेलले बताएका छन्। डेङ्गीबाट उठेपछि यो कुरा उठाउनुको तात्पर्य पनि निर्वाचनका बेला आम मानिसले फेक न्युजको सिकार बन्नु नपरोस् भन्ने रहेको गजुरेलले बताएका छन्।

उनी भन्छन्, ‘हामी आम निर्वाचनको पूर्वसन्ध्यामा छौँ र यो समय हामी कुनै पनि बेला यस्ता फेक न्युजको महामारीमा पर्न सक्छौँ।’

उनी अगाडि भन्छन्, ‘आम निर्वाचनका बेला त यस्ता फेक न्युको जालो सबैभन्दा बढी फैलिने गर्छ। र, यो जालोमा उम्मेदवार र मतदाता त पर्छन् नै, त्यो भन्दा बढी हाम्रो समाज र सामाजिक सद्भाव पर्ने गर्दछ। निर्वाचनको समय छ, निर्वाचनका बेलामा सामाजिक सञ्जालमा आकर्षक शीर्षकमा समाचार आउन सक्छन्, डरलाग्दा हेडलाइनसहित भिडिओ बन्न सक्छन्, सुन्दर तस्बिरसहित मिमहरु बन्न सक्छन्, र, ती फेक अर्थात् मिथ्या पनि हुन सक्छन् भन्ने कुरा ध्यानमा राखौं।’ 

उनले आर्कषक हेडलाइनसहित आउने समाचारको तथ्य चेक गर्न पनि सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .