ad ad

कला


यी अभिनेत्री, जसलाई विवाहले करिअरमा असर गरेन

यी अभिनेत्री, जसलाई विवाहले करिअरमा असर गरेन

फाइल तस्बिर : करिश्मा मानन्धर, झरना थापा र प्रियंका कार्की।


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १३:१३, काठमाडौँ

विवाहका लागि साइत जुर्नुपर्छ। तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन्। 

नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्री छन्, जसले विवाहपश्चात् करिअरलाई उचाइमा लगे। बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ। तर नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन्। सदाबहार अभिनेत्रीको ट्याग पाएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाहपश्चात् पाएकी हुन्। 

कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो। 

वि.सं.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन्। यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडिओमा उनको अभिनय देख्न पाइन्छ। उनले फिल्ममा प्राप्त गरेको सफलता विवाहपश्चात् नै हो। 

उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदै छ। २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैँले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भइन्। 

यो फिल्ममा उनको पति सुनिलकुमार थापाले निर्माण गरेका थिए। उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन्।

“मेरो करिअरमा ‘ए मेरो हजुरको महत्त्व छ। यही फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ। यही नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्,“मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन। मैले छोरीलाई समय दिन सकिनँ भन्नेचाहिँ लाग्थ्यो।”

रेखा थापाले विवाहपश्चात् अभिनय प्राप्त गरेको सफलता उदाहरणीय नै छ। सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय नै छन्। 

केकी अधिकारी

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ। विवाहअगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ। श्रीमान्‌को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ। म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”,अभिनेत्री शर्माले भनिन्,“अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन।” 

स्वस्तिमा खड्का

उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .