ad ad

कला


आनीसँग गीत रेकर्ड गर्न बलिउड गायक अजय काठमाडौंमा

आनीसँग गीत रेकर्ड गर्न बलिउड गायक अजय काठमाडौंमा

नेपालखबर
पुस २७, २०७९ बुधबार ८:०, काठमाडौँ

नेपाली गायिका आनी छोइङ डोल्मासँग गीत गाउनका लागि बलिउडका चर्चित गायक तथा संगीतकार अजय र अतुल काठमाडौं आएका छन्। यसैसाता काठमाडौं आएका अजय–अतुल र आनीको सांगीतिक सहकार्य रहेको गीत बालाजुको एक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ।

बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छिन्। उक्त गीतमा संगीत संगीतकार अजय र अतुलले गरेका हुन्। 

आनीसँगको सांगीतिक सहकार्यका लागि नेपाल आएका यी दाजुभाई गीत रेकर्डिङ सकेर सोमबार नै मुम्बई फर्किएका छन्। 

भारतवर्षमा भएका सबै धर्म, सम्प्रदाय र युगलाई समेट्ने किसिमले कम्पोज भइरहेको उक्त गीतमा आनीले बौद्ध धर्मको तर्फबाट गीत गाएकी हुन्। गीतका सन्दर्भमा आनी भन्छिन्, ‘हामीले दुई दिन लगाएर उक्त गीतको रेकर्ड सकेका छौँ ।’

फिरोज अब्बास खानले निर्देशन गर्ने उक्त कार्यक्रममा बलिउडका अजय–अतुलले आफ्नो प्रस्तुती दिने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .