नेपाली कथानक चलचित्र ‘बिहे पास’को अफिसिएल पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गते प्रदर्शन हुने फिल्मको पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न सकिन्छ। निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ।
प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह–निर्माता रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको छ।
आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको वितरण पनि आरआर फिल्म्स्ले गर्दै छ। शिव ढकालले खिचेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायत कलाकारले अभिनय गरेका छन्।
डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रवेश मल्लिकको संगीत छ भने रामजी लामीछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पार्श्व संगीत अनि मित्र गुरुङको सम्पादन छ। आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद पनि आकाश र सजनले तयार पारेका हुन्।
फर्स्टलुक सार्वजनिकसँगै चर्चामा रहेको फिल्मको टिजर बुधबार अर्थात् फागुन १० गते रिलिज हुने छ।
Shares
प्रतिक्रिया