ad ad

कला


पाण्डेको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

पाण्डेको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

नेपालखबर
फागुन ७, २०७९ आइतबार १३:४३, काठमाडौँ

नेपाली वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) विदेशी फिल्म महोत्सवहरुमा छनोट भएको छ। बहुपति प्रथाबारे बनेको ‘सहायक श्रीमान्’ विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनोट भएको हो। 

भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने ‘साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव’, बेलायतको लन्डनमा २० फेब्रुअरीदेखि ५ मार्चसम्म हुने ‘लन्डन माउेन्टन फिल्म महोत्सव’, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने ‘गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजना हुने ‘टाट्रास अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ‘सहायक श्रीमान्’ छनोट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए।

‘सहायक श्रीमान्’ले गत अगस्ट ४ देखि ७ सम्म अमेरिकाको जर्जियामा आयोजित आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट इन्टरनेसनल डकुमेन्ट्री अवार्ड’ जित्न सफल भएको थियो। 

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) बाट यात्रा आरम्भ गरेको वृत्तचितले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका रुपमा ‘माउण्ट एभरेस्ट अवार्ड’ जितेको थियो। 

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा छ। सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन्। साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रमा शारदा गैरेको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .