नेपाली फिल्म ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ। सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो फिल्म अब आगामी वर्षको असार १५ मा रिलिज हुने भएको छ।
यसअघि यो फिल्म यही फागुन १९ मा रिलिज हुने भएको थियो।
प्राविधिक काम नसकिएको भन्दै निर्माण टिमले रिलिज मिति सारेको हो। यो फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन्।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। निरज पाण्डेले फिल्मको छायांकन गरेका हुन्।
डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा दिपेन्द्र के खनाल र शर्मिला पाण्डेले लगानी गरेका छन्।
फिल्मको कथा पनि दिपेन्द्र के खनालले लेखेका हुन्।
21
Shares
प्रतिक्रिया