ad ad

कला


‘प्रसाद २’को ट्रेलर : जातीय असमानताविरुद्ध प्रेमिल विद्रोह

‘प्रसाद २’को ट्रेलर : जातीय असमानताविरुद्ध प्रेमिल विद्रोह

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ११:५, काठमाडौँ

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका शीर्ष कलाकारलाई प्रस्तुत गरिएको छ। ‘मायाभन्दा ठूलो नै के छ र’ स्लोगनसहित निर्माण भएको फिल्मको ट्रेलरमा प्रेमकै लागि गरिएको संघर्ष देखाइएको छ। 

कलाकारको मनोदशा चित्रण गर्दै हिजो मात्रै फिल्मको पोस्टर सार्वजनिक भएको थियो। फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्। हिट फिल्मको सिक्वेल भएकाले पनि यो फिल्मलाई लिएर बक्स अफिसमा आशा गरिएको फिल्मको सूचीमा परेको छ।

फिल्मको ट्रेलरमा समाज, संस्कृति, भावना र सम्बन्धको विद्रोह देखाइएको छ। २०७५ सालमा रिलिज ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’ले प्रेम, जातीय असमानता र सामाजिक मूल्यविरुद्ध हुने विद्रोहको कथा भन्नेछ। 

फिल्मको दोस्रो श्रृंखलामा केकी अधिकारी र अर्पण थापाले प्रवेश गरेका छन्। केकीको अपोजिट रोलमा केकी देखिएकी छन्। पहिलो श्रृंखलामा केकीको ठाउँमा अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेकी थिइन्। 

फिल्मको पटकथा सुशील पौडेलले लेखेका हुन्। कास्कीको ल्वाङ गाउँमा खिचिएको फिल्मका प्रस्तुतकर्ता सुवास थापा हुन्। सुदर्शन बस्नेतले बनाएको फिल्म निर्माणमा एसजी फिल्म्स् र सुलभ थापा प्रोडक्सनले सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .