गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन्।
रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन गरेका छन् भने प्रेमिकाले प्रेमीलाई ह्यान्डसम भनेर प्रशंसा गरेकी छन्। निकै तामझामसहित निर्माण गरिएको भिडिओ निकै आकर्षक छ। जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकी इटानीले अभिनय गरेकी छन्।
भिडिओमा सकीसँग आकाश र पुष्प पछि लागेको देखाइएको छ। थुप्रै म्युजिक भिडिओ अभिनय गरिसकेकी मोडल सकीको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ। मिस्टर वसिन नेपालसमेत रहेका अभिनेता जीवन र सकीको जोडी परफेक्ट देखिन्छ।
भिडिओमा सकीको नृत्यले समेत दर्शकको मनमा गहिरो छाप छाड्नसक्छ।
भिडिओका निर्देशक शिव विक हुन्। रोशन भुसालको छायांकन रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।
भिडिओ मोडल सकीको अफिसियल युट्युब च्यानल सकी इटानीमार्फत सार्वजनिक भएको हो। गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
भिडिओ-
Shares
प्रतिक्रिया