गीतकार शम्भु कँडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ बजारमा आएको छ। थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सबैथोक भएकोप्रति व्यंग्य गरिएको छ।
थानेश्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडिओ पनि बनेको छ। गीतको भिडिओमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय छ।
भिडिओले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ।
भिडिओका निर्देशक रोजल थापा हुन्। राम केसीको छायांकन रहेको भिडिओमा विकास ज्ञवाली र ईश्वरबाबुको सम्पादन छ।
भिडिओ
39
Shares
प्रतिक्रिया