ad ad

कला


छैठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

छैठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

नेपालखबर
चैत २, २०७९ बिहिबार १४:४४, काठमाडौँ

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सुरु भएको छ। 

आजदेखि सुरु भएको महोत्सव ६ गते (मार्च १६ देखि २०) सम्म चल्नेछ। 

क्युएफएक्सका सिनेमा घरहरुमा सुरु भएको महोत्सवले ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने एवं नेपाली दर्शकलाई यस्ता फिल्मको स्वाद लिने अवसर दिनेछ। 

यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो। 

नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पु¥याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो।

छैठौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा÷छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् । 

यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् ।

विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन्। ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ । 

यो फिल्म अप्रतियोगीका रुपमा महोत्सवमा देखाइनेछ। महोत्सवको उद्घाटन सुन्धारा सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा हुनेछ।

महोत्सवमा सहभागी फिल्म हेर्नका लागि खल्ती एप वा सिनेमाघरहरुका बक्स अफिसबाट टिकट खरिद गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .