ad ad

कला


दुर्गेश भन्छन्– मविरुद्ध परेको उजुरीमा प्रहरी कार्यालय गई यसरी टुंग्याए

दुर्गेश भन्छन्– मविरुद्ध परेको उजुरीमा प्रहरी कार्यालय गई यसरी टुंग्याए

फाइल तस्बिर : दुर्गेश थापा


नेपालखबर
चैत १५, २०७९ बुधबार १२:५४, काठमाडौँ

कलाकार दुर्गेश थापाले प्रहरीमा आफूविरुद्ध परेको उजुरी सम्बन्धित व्यक्तिले फिर्ता लिएको बताएका छन्।  

गत शनिबार काठमाडौँको टोखामा वनभोजका क्रममा आफूलाई कुटपिट गरिएको भन्दै रिदम क्षेत्रीले दुर्गेशविरुद्ध महाराजगन्जस्थित प्रहरी वृत्तमा उजुरी हालेका थिए। 

यस विषयमा हिजो (मंगलबार) आफू प्रहरी चौकीमा उपस्थित भएको र दुई पक्षबीच सहमति भएपछि क्षत्रीले आफूविरुद्धको ‘केस’ फिर्ता लिएको दुर्गेशले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 

दुर्गेशका अनुसार सामाजिक सञ्जालमा ‘हेन्सी नाम’ गरेको पात्रले विगतमा उनी  जोडिएका केही विषयमा ‘अशोभनीय टिप्पणी’ गरेका थिए। त्यतिसम्म सहेर आफू चुप लागेको बसेको तर ती व्यक्ति आफ्नो परिवारसम्म पनि पुगेर ‘अन्टसन्ट’ बोलेको आरोप दुर्गेशले लगाएका छन्। 

‘सोही पात्रसँग केही दिन पहिले वनभोज कार्यक्रममा अचानक भेट भो’, दुर्गेशले भनेका छन्, ‘त्यसपछि केही सामान्य सम्झाइबुझाइ गर्न खोज्दा धेरै जना भएका कारण हुलदंगाजस्तो भएपछि उहाँ मिडिया र कानुनी सहायतामा जानु भएछ।’

आफूविरुद्ध परेको उजुरीमा एक सच्चा नागरिकका रूपमा कानुनलाई सघाउनु  आफ्नो दायित्व सम्झी मंगलबार प्रहरी वृत्त (महाराजगन्ज) पुगी विषयको अन्त्य गरिएको उनले उल्लेख गरेका छन्। 

दुर्गेशले अगाडि लेखेका छन्, ‘भाइले केस फिर्ता लिँदै विगतमा भएका गल्ती–कमजोरी भविष्यमा सच्याउने, कहीँ कतै कुनै मिडियामा आइन्दा नबोल्ने र हराएको भनिएको सुनको सिक्रीको जिम्मेवार भाई स्वयंले नै लिने ‘म्युचुल अन्डरस्ट्यान्डिङ’ मा सबै कुराको त्जभ भ्लम (अन्त्य)  भएको सबैमा जानकारीका लागी अनुरोध छ।’ 

हेर्नुहोस् दुर्गेशको स्टाटस-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .