नेपाली सिनेमा ‘जारी’ को ग्रान्ड प्रिमियर बेलायतमा हुने भएको छ।
अप्रिल २२ मा प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स इभेन्टसले 'जारी' को ग्रान्ड प्रिमियर गर्ने भएको छ।
ग्रान्ड प्रिमियरमा निर्माण टिम उपस्थित हुने जानकारी इभेन्टसका सन्ञ्चालक दोय अल्बिन पिटरले जानकारी दिए।
यस सिनेमामा गोर्खा इभेन्टस् को पनि पनि लगानी रहेको छ। सन्ञ्चालक पिटर सिनेमाको छायांकनका क्रममा अवलोकनका लागि नेपाल आएका थिए। बेलायत फर्किएपछि टिमसँग सल्लाह गरेर ग्रान्ड प्रिमियरको योजना तय गरिएको हो।
प्रिमियरमा कलाकारहरू दयाहाङ राई, मिरुना मगर, विजय बराल र उपेन्द्र सुब्बाको उपस्थिति रहनेछ।
किरात लिम्बुको संस्कृतिमा आधारित चलचित्रको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्।
प्रतिक्रिया