आख्यानकार मनिषा गौचनको नयाँ कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ।
उनको यो तेस्रो कृति हो ।
साहित्यिक संसारमा कविताका माध्यमबाट पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिविहीनको प्रेम र जीवनसम्बन्धी उपन्यास ‘ह्वाईट केन’ प्रकाशित छन् ।
ह्वाइट केन प्रकाशित भएको आठ वर्षपछि गौचन प्रतिवहन कथा संङग्रह लिएर आएकी हुन् । पुस्तकमा रहेका २१ कथाले नवीनतम् विषयमा रहस्यमी क्राफ्टमा लेखिएका छन्। समाजको फरक पात्र र कथाहरूलाई आख्यानमा उतार्ने लेखक गौचन प्रतिवहनमार्फत समाजको घटना दृष्य र कथन समेट्न खोजेको बताउँछिन्।
जीवनका संघर्ष, सम्बन्धका जटिलता र युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरुको संवेदना र अनुभूतिलाई कथामा प्रस्तुत गरिएको उनले बताएकी छन्।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
Shares
प्रतिक्रिया