कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले आफ्ना सहयात्री कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’लाई जन्मदिनको शुभकामना दिएका छन्। सहकार्य भएको १० वर्ष पुगेको उल्लेख गर्दै उनले आफूहरूबीचको मित्रता किताब र कथामा मात्र पाइनेजस्तै दुर्लभ भएको बताएका छन्।
सच्चा साथीभाइका बीचमा केही कुरा लुकेको हुँदैन भन्दै दीपकले सामाजिक सञ्जालमा शरीरको माथिल्लो भागमा लुगा नलगाइएका दुई जनाको तस्बिर सेयर गरेका छन्।
यस क्रममा उनले माग्ने बूढाको साथकाे उच्च प्रशंसा पनि गरेका छन्।
‘साथी त्यो हो जसले कहिले माया गर्छ, कहिले गाली गर्छ, जिस्किन्छ, झगडा गर्छ, कहिले रिसाउँछ, अनि ठूलै आपत् पर्दा पनि कहिलै साथ छोड्दैन बरु बेलाबेलामा मार्ग निर्देश गरिरहन्छ’, दीपकले फेसबुकमा लेखेका छन्, ‘यस्तो साथी आजकल किताबमा र कथामा मात्र पाइन्छ भन्थे, तर एउटा मास्टर पिसचाहिँ मसँग पनि छ।’
माग्ने बूढालाई दीपकले प्यारो भाइ, साथी र सहयात्री भनेर सम्बोधन गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’को आज जन्मदिन! मनबाटै धेरै धेरै धेरै शुभकामना! ईश्वरको कृपाले धेरै कुरा प्राप्त छ जीवनमा, अझै राम्रो हुँदै जाओस्।’
Shares
प्रतिक्रिया