चर्चित गायक एवम् निर्माता प्रकाश सपूतले बिहीबार सार्वजनिक गरेको ‘सकम्बरी’ २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङ भएको छ।
उनले बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ (फूलमाया) ले उनका पुराना गीत जस्तै चर्चा बटुलेको हो।
यो गीत सार्वजनिक भएको २१ घण्टाभित्र युटयुबमा टप ट्रेन्डिङ भएको हो।
बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म ६ लाख ४९ हजार भ्युज पाएको छ। यो गीत हेरेर-सुनेर करिब ५ हजारले प्रतिक्रिया पनि दिएका छन्।
नयाँ वर्ष २०८० को पूर्वसन्ध्या सार्वजनिक गीतका शब्द सपूतले नै लेखेका हुन्। त्यस्तै सङ्गीत र स्वर पनि उनकै छ।
गीतको सङ्गीत संयोजन सुदीप सागरले गरेका छन्। गीतमा सपूतलाई लोक गायिका ब्रता गन्धर्वले स्वरतर्फ साथ दिएकी छन्।
यसमा चर्चित अभिनेता सुनिल थापा र मोडल कुशुम शर्मासहितले अभिनय गरेका छन्।
भिडिओ
Shares
प्रतिक्रिया