ad ad

कला


अस्ट्रेलियामा पनि समीक्षालाई छाडेन अन्तर्मनको पीडाले

अस्ट्रेलियामा पनि समीक्षालाई छाडेन अन्तर्मनको पीडाले

अस्ट्रेलियामा समीक्षा अधिकारी। तस्बिर : उनकै फेसबुकबाट


नेपालखबर
बैशाख ३, २०८० आइतबार १३:३१, काठमाडौँ

गायिका समीक्षा अधिकारी अहिले अस्ट्रेलियामा छिन्। केही समयअघि मात्रै अस्ट्रेलिया पुगेकी उनले सुरुमा त्यहाँ रमाएका तस्बिरसहित सामाजिक सञ्जालमा आशा र आँटका कुरा लेखिरहेकी थिइन्। तर आइतबार बिहानको उनको स्टाटस निकै निराशापूर्ण र भावुक बनाउने खालको छ। 

जहाँ समीक्षाले विगतको आफ्नो जीवनको तीतो घटना स्मरण गरेकी छन्। आफ्नो जिन्दगी पनि फिल्मको कहानीजस्तै भएको उनले उल्लेख गरेकी छन्।

‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ। अनि हेर्नेले, बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन्। अनि कसैलाई गालीको वर्षात् हुन्छ त कसैलाई तालीको’, समीक्षाले फेसबुकमा लेखेकी छन्, ‘चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ।’

उनले मनभित्रको व्यथा सुनाउन खोज्दा हाँसो र मजाकको पात्र बनाइएको गुनासो पनि गरेकी छन्। 

‘अगाडि बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन्’, उनले लेखेकी छन्, ‘मनभित्रको वह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरूलाई कहीँ कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु।’

उनले अगाडि अझ पीडादायी कुरा लेखेकी छन्। 

‘ए! मेरो पनि भावना छ तपाईंको जस्तै, मेरो पनि मन छ तपाईंको जस्तै, आँसु झर्दा दुख्छ, पोल्छ। लाग्छ– अब त मेरा हरकुरा अर्थहीन हुन् जस्तो’, समीक्षाले अगाडि लेखेकी छन्, ‘म गलत छैन, म कुनै चरित्रहीन छोरी होइन, मेरो पनि परिवार छ तपाईंको जस्तै। पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .