ad ad

कला


भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको ‘कुनै दिन’

भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको ‘कुनै दिन’

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ७:४६, काठमाडौँ

‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको ‘कुनै दिन’को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

विभिन्न चर्चित नेपाली चलचित्र र आधुनिक गीतका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडिओमा एक नवजोडी बीच १५ दिनको बीचमा घटेको घटनालाई कथानक छ।

विवाहको लागि मंगनी भइसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसँग धेरै नजिकिएपछिको घटनाक्रम भिडिओमा देखाइएको छ  ।  

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय छ। माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको गीतको भिडिओमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,सिलन लम्साललको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ। गीतलाई  म्यूजिक नेपालले बजारमा ल्याइएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .