अभिनेता सुरज पंचोलीले जिया खानको मुद्दामा सफाइ पाएका छन्।
उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो। सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन्।
अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ दिएको फैसला सुनाएको हो।
पञ्चोलीका वकिल प्रशान्त पाटिलले बीबीसी हिन्दीसँगको कुराकानीमा अभिनेत्री जिया खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा मुम्बईको अदालतले सुरज पंचोलीलाई सफाइ दिएको जानकारी दिएका छन्।
विशेष न्यायाधीस एएस सैयदको इजलासले २० अप्रिलमा नै यस मुद्दामा बहसको सुनुवाइ पुरा गरेको थियो।
जुन ३, २०१३ मा २५ वर्षाीय अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शङ्कास्पद अवस्थामा भेटिएको थियो। त्यहाँ उनी आफ्नी आमासँग बस्दै आएकी थिइन्।
त्यसपछि मुम्बई पुलिसले जिया खानलाई कूपर अस्पतालमा मृत अवस्थामा ल्याएको जानकारी दिएको थियो। घटनास्थलबाट जियाको ६ पृष्ठ लामो पत्र भेटिएको थियो।
त्यसैलाई आधार मानेर प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको थियो।
Shares
प्रतिक्रिया