ad ad

कला


पत्नीसँगको विवादबारे नवाजुद्दिन- जीवनमा जे भयो, त्यसका लागि भगवान्‌लाई धन्यवाद

पत्नीसँगको विवादबारे नवाजुद्दिन- जीवनमा जे भयो, त्यसका लागि भगवान्‌लाई धन्यवाद

नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:५७, काठमाडौँ

अभिनेता नवाजुद्दिन सिद्दिकी र उनकी पत्नी आलियाबीच लामो समयदेखि विवाद जारी छ। तर पछिल्लो समय दिएको  अन्तर्वार्तामा नवाजुद्दिनले आफूलाई यो विषयमा कुनै गुनासो नरहेको बताएका छन्। 

नवाजुद्दिन बलिउडका प्रतिभाशाली अभिनेतामध्ये एक हुन्। उनी पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चा र तनावमा छन्। आलियाले सार्वजनिक रूपमा नवाजुद्दिनविरुद्ध धेरै आरोप लगाएकी छन्। तर नवाजुद्दिनले यी आरोपमा कुनै प्रतिक्रिया दिएनन् र आफू आफ्ना छोराछोरीको भविष्य र उनीहरूको पढाइका विषयमा चिन्तित रहेको मात्र बताए। हालैको एक अन्तर्वार्तामा नवाजुद्दिनले आफूलाई कुनै गुनासो नभएको बताएका छन्। 

उनले आफ्ना छोराछोरी विद्यालय गएर पढ्ने राम्रो वातावरण होस् भन्ने मात्रै चाहेको बताए। जीवनमा जे भयो त्यसका लागि उनले भगवान्‌लाई धन्यवाद दिएका छन्। यसबाहेक उनी मानिसहरूमा सकारात्मकता फैलाउन चाहन्छन् र समाजमा कुनै पनि नकारात्मकता बाहिर नजाओस् भनेर आफूले भोगेका सबै कुरा आफैंभित्र राख्न चाहन्छन्। 

उनले भनेका छन्, ‘तपाईं अफवाहबाट केही गर्न सक्नुहुन्न। विगतमा पनि कसैले कसैलाई खलनायक बनाउन जानजान अफवाह फैलाउने गरेको छ। जसरी अफवाह फैलिन्छ, अरूले आगोमा इन्धन थपिरहन्छन् र मानिसहरूले पत्याउन थाल्छन्। सत्य बाहिर आउने बेलासम्म उसको करिअर समाप्त भइसकेको हुन्छ। सबै आआफ्ना खेलमा छन्। यदि कसैलाई कुटपिट भयो भने सबै रमाइलो मानेर हेरिरहेका हुन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .