ad ad

कला


आठ स्रष्टालाई सम्मान र पुरस्कार, कसले के पाए?

आठ स्रष्टालाई सम्मान र पुरस्कार, कसले के पाए?

नेपालखबर
जेठ १४, २०८० आइतबार ६:२२, काठमाडौँ

दायित्व वाङ्‌मय  प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। 

प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। दायित्व वाङ्‌मय विशिष्ट सम्मान शशि पन्थी र रमेश गोर्खालीलाई तथा दायित्व वाङ्‌मय सम्मान विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्यलाई प्रदान गरियो। 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विद्वच्छिरोमणि हेमराज पुरस्कार चुडामणि गौतमलाई, दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति वसन्त रिजाल, हरिकला–गुणाकर दायित्व रचना पुरस्कार त्रिभुवनचन्द्र वाग्ले र  दायित्व यशोदादेवी पन्त प्रतिभा पुरस्कार जया सत्याललाई प्रदान गरे।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रतिष्ठानले मुलुकका भाषा, साहित्य र व्याकरण क्षेत्रका सोनामधन्य व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरी न्याय गर्दै आफ्नो कर्तव्य पूरा गरेको बताए। 

उनले भने, “साहित्यका आ(आफ्ना विधामा विशिष्ट योगदान गर्नुहुने तपाईंहरू सम्मानका लागि लायक र अधिकारिक हुनुहुन्छ। सम्मान गर्नेको सही छनोट भएमा प्रतिष्ठानको आफैँ सम्मान बढ्छ।”

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त र महासचिव डा. भागवत ढकालले प्रतिष्ठानले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारका लागि गरिरहेको योगदानको चर्चा गरे। समारोहमा अध्यक्ष पन्तको निवन्धावली र प्रतिष्ठानको द्विमासिक प्रकाशन दायित्वको वर्ष ३७ पूर्णाङ्क एक सय ४१ को लोकार्पण गरियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .