ad ad

कला


ट्विटरमा चल्यो ‘आदिपुरुष’ प्रतिबन्ध लगाउन अभियान

ट्विटरमा चल्यो ‘आदिपुरुष’ प्रतिबन्ध लगाउन अभियान

नेपालखबर
असार ३, २०८० आइतबार ११:५१, काठमाडौँ

सामाजिक सञ्जाल प्रयोगकर्ताले दक्षिण भारतीय चलचित्र आदिपुरुषलाई प्रतिबन्ध लगाउनुपर्ने भन्दै अभियान चलाएका छन्। फेसबुक र ट्विटरमा प्रयोगकर्ताले फिल्म प्रतिबन्ध लगाउनुपर्ने भन्दै 'ब्यानआदिपुरुष' अभियान चलाएका छन्।

फिल्मले रामायणको कथा तोडमोड गरी कथा र संवादमार्फत् धार्मिक असहिष्णुता फैलाएको भन्दै भारतमा फिल्मप्रति आक्रोश बढ्दो छ। नेपालमा 'सीता भारतकी छोरी' संवादले विवादित बनेको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त संवाद नहटाएसम्म काठमाडौंमा चल्न नदिने बताएपछि बिहानी शो रोकिएको थियो।

संवाद म्युट गरिएपछि यतिबेला फिल्म नेपालमा पनि प्रदर्शनमा छ। तर उक्त फिल्मले रामायणको मजाक उडाएको भन्दै विवाद कायमै छ। यसबैची फिल्मका संवाद लेखक मनोज मुंतशिरले सन् १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो भन्ने अभिव्यक्ति दिएपछि दर्शकहरू थप आक्रोशित बनेका छन्।

ट्विटरमा 'ब्यान आदिपुरुष' ट्रेन्डिङको शीर्षस्थानमा छ। यसैगरी 'आदिपुरुष डिजास्टर' चौथो स्थानमा रहेको छ।

फिल्ममा देखाईएको रामायणको कथा र संवादको हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले फिल्मविरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गर्दै सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .