ad ad

कला


‘द रेड सुटकेस’ लाई भेनिसमा ३ मिनेटको स्टयान्डिङ ओभेसन

‘द रेड सुटकेस’ लाई भेनिसमा ३ मिनेटको स्टयान्डिङ ओभेसन

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:८, काठमाडौँ

नेपाली फिल्म ‘द रेड सुटकेस’लाई प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा रेडकार्पेट प्रिमियर गरियो। 

फेस्टिभलको होरोजान्टे विधामा छानिएको यो फिल्मलाई १३ सय क्षमताको साला डेरसेना हलमा देखाइएको थियो। 

प्रिमियरमा निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल र शोभा थापा, कलाकारहरु सौगात मल्ल, बिपिन कार्की र सृष्टि श्रेष्ठको सहभागीता रह्यो। फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए।

मन पराएको फिल्मलाई दर्शकले यसरी स्वागत गर्ने भेनिसको परम्परा हो।  

भेनिसमै यो साल ‘पुअर थिंक्स’का लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको थियो। 

फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसनमा दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्मभित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखेका थिए। 

नेपालले प्रायः युरापोली निर्मातासँग सहकार्य गरेर फिल्म बनाउने गरेको छ। तर ‘द रेड सुटकेस’ले भने श्रीलंकाका चर्चित निर्देशक विमुक्ति जयसुन्दरासँग सहकार्य गरेको हो। यो फिल्मका सम्पादक पनि श्रीलंकाली नै हुन्।

चलचित्रले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा भनिएको छ। फिल्मले शुक्रबार नै बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको छ। 

स्वतन्त्र समीक्षकको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू फिल्म बनाउनेलाई दिइने परम्परा अनुसार फिडेल देवकोटालाई प्रदान गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .