ad ad

ग्लोबल


बंगलादेशमा चीनले बनाइदिएको १७२ किलोमिटर लामो रेल मार्ग उद्घाटन गरिँदै

बंगलादेशमा चीनले बनाइदिएको १७२ किलोमिटर लामो रेल मार्ग उद्घाटन गरिँदै

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:१०, काठमाडौँ

बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ।

चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेल लाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सीआरईसी) ले निर्माण गरेको हो।

यसमा एक्सपोर्ट-इम्पोर्ट बैंक चाइनाको लगानी छ। रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरु सवार थिए।

बंगालादेश र चीन बीचको आर्थिक सम्बन्ध राम्रो रहेको र भविष्यमा अझै सहयोग हुने अपेक्षा गरेको बंगाली सांसद सैफुज्जमान शिखरले बताए।

उनले बंगलादेशका लागि यो क्षण ऐतिहासिक भएको भन्दै विगतको सपना अहिले पूरा भएको बताएका छन्। 

त्यस्तै साढे ५ वर्ष पछिको मिहिनेतबाट आयोजना सफल भएकोमा पद्या रेल लिंक परियोजनाका परियोजना निर्देशक शि युआनले खुशी व्यक्त गरे।

उनले शनिबार रेलमार्ग परीक्षण गरेको बताउँदै अर्को महिनाबाट उद्घाटन हुने जानकारी दिए। शनिबार ६ सय यात्रु बोकेर रेल गन्तव्यमा पुगेको थियो। १७२ किलोमिटर पार गर्न करिब २ घण्टा लाग्ने उनले बताए।

रेल्वे सञ्चालनपछि बंगलादेशको आर्थिक विकासलाई बढावा दिने विश्वास उनीहरुले लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .