अभिनेत्री मिरुना मगर करिअरको सुरुवाती चरणमा लगातार असफल भइन। उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा सफलता हात पार्न सकेनन्।
तर, पछिल्लो समय भने मिरुना बक्स अफिसमा लगातार हिट फिल्म दिन सफल छिन्।
उनले अभिनय गरेका ३ फिल्म लगातार हिट भएसँगै उनले फिल्म उद्योगमा सफलताको ह्याट्रिक गरेकी छिन्।
‘कबड्डी ४’बाट सुरु भएको मिरुनाको सफलताको यात्रा ‘जारी’ हुँदै ‘नाङ्गो गाउँ’सम्म चलिरहेको छ।
संयोग भनौं, यी ३ वटै फिल्ममा मिरुनाको जोडीका रुपमा कलाकार दयाहाङ राईले अभिनय गरेका छन्। मिरुना र दयाको जोडीलाई दर्शकले रुचाएका छन्। यो जोडीका अन्य फिल्म आउने क्रममा छन्।
‘लालपूर्जा’बाट नेपाली फिल्म उद्योगमा देखा परेकी मिरुनाको पहिलो फिल्मी यात्रा बक्स अफिसमा असफल भयो। डेब्यू फिल्मको असफलतालाई छोप्ने प्रयास स्वरुप मिरुनाले त्यसपछि ‘रोज’, ‘साइनो’ र ‘चच हुँई’मा काम गरिन।
यी कुनै पनि फिल्मले उनलाई सफलताको स्वाद चखाएनन्। चार फिल्मको लगातार असफलतापछि मिरुनाले ‘कबड्डी ४’मा दयासँग स्क्रिन शेयर गरेकी हुन्।
‘अन लक्की नायिका’को ट्याग लागेकी मिरुनाले त्यसपछि लगातार हिट फिल्म दिरहेकी छिन्। मिरुनाको सफलतासँगै फिल्म उद्योगमा मिरुनालाई दयासँगको सहकार्य फापेको चर्चा हुने गरेको छ।
Shares
प्रतिक्रिया