अभिनेता पल शाह लामो समयपछि फिल्मको सेटमा फर्किएका छन्।
यतिबेला उनी फिल्म ‘मायावी’को सुटिङका क्रममा पोखरामा छन्। फिल्ममा फर्किंदा पल निकै खुसी देखिएका छन्। उनले यो खुसी सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरिरहेका छन्।
बलात्कार अभियोगमा १ वर्ष जेल बसेपश्चात् जिल्ला अदालतबाट सफाइ पाएर रिहा भएयता उनले काम गरेको पहिलो फिल्म नै ‘मायावी’ हो। यसैले पनि उनी सुटिङ सेटमा निकै प्रसन्न देखिएका छन्।
यो फिल्ममा पलको जोडी दीपिका प्रसाईं छिन्।
पल आफ्ना अभिनयका कोच सन्जोग रसाइलीसँग निकै खुसी देखिन्छन्।
दिवाकर भट्टराइको निर्देशनमा राज कटुवाल र चन्द्र पन्तले निर्माण गरिरहेको यो फिल्म पल शाहको करिअरका लागि महत्त्वपूर्ण छ। यही फिल्ममार्फत आफ्नो पुरानो क्रेज फर्काउने कसरतमा पल छन्।
48
Shares
प्रतिक्रिया